
काठमाडौं । बिनय कार्कीको “तिम्रै लागि” बोलको गीत सार्वजनिक भएको छ । गीतमा विनय कार्की र प्रबिशा अधिकारकिो स्वर रहेको छ । गायक, संगीतकार, एरेन्जरको रुपमा आफूलाई स्थापित गराएका विनय द भ्वाइस अफ नेपाल–२ का उत्कृष्ट प्रतियोगी पनि हुन् । विनय भोईसमा जानु भन्दा पहिलैदेखि व्यस्त संगीतकर्मी हुन् । भ्वाईसले उनलाई थप उचाई दिएको हो ।
‘तिम्रै लागि’ गीत मा शब्द, संगीत, र निर्देशन रोजल थापाको रहेको छ । गीतमा नायक आकाश श्रेष्ठ र नायिका मेलिना ठकुरीको रहेको छ । छायाँकन बीरेन्द्र भट्ट, सम्पादन अनिल रानाले, कोरियोग्राफी रोहित बस्नेतले गरेको छन् ।