
काठमाडौं । गायिका प्रविशा अधिकारीको आवाज तथा अभिनयमा ‘अर्को जन्म’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा कमला गजमेरको शब्द रहेको छ भने सङ्गीत उत्तम राईको रहेको छ ।
गीतलाई पदम राजन मगरले एरेन्ज गरेका हुन् । सङ्गीतकार उत्तम राईको युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियोमा गायिका अधिकारी नै फिचर्ड छिन् ।
हरविन भट्टको निर्देशनमा बनेको भिडियोलाई दिन्सोन शाहले सम्पादन गरेका हुन् । अर्को जुनीमा होइन यसै जुनीमा चोखो माया देऊ र भौतिक सुख होइन माया र साथ नै ठुलो हुने भन्ने भावको प्रेमिल गीत निकै सुमधुर रहेको छ ।