गायक प्रदीप लकान्द्री र गायिका मीना निरौलालाई ‘नजिक बस्ने मन’ किन भयो

म्यूजिक खबर
प्रकाशित: १७ कार्तिक २०७६, आईतवार

काठमाडौं । प्रतिभाशाली युवा गायक प्रदिप लकान्द्रीले आफ्नो पहिलो डेब्यु गीत नजिकै बसौ सार्वजनिक गरेका छन । भोजपुरमा जन्मिएका यी नव गायक लकान्द्रीले काठमान्डौमा संगीतमा आफ्नो भविष्य खोज्दै अघि बढिरहेका छन । औपचारिक रुपमा संगीत सिकेर संगीतमा लागेका यी गायकले यसघि आफ्नै घरदेशमा ( स्टुडियो भर्सन) र भोजपुर जिल्ला जुहारी ब्याटल युगल गायनमा रहेको गीतमा आफ्नो स्वर दिसकेका छन ।

संगीतमा लागेर नाम, दाम र सम्मान कमाउने सपना देखेका यी गायकको नजिकै बसौ म्युजिक भिडियो पहिलो अपिÞmसिएल भिडियो हो । यस गीतमा प्रदिप लकान्द्री र मिना निरौलाको युगल गायन रहेको छ । गीतका शब्द सानु कोबिदले लेखेका हुन भने संगीत सुरेन्द्र कुमार साहीको रहेको छ । संगीत संयोजन रिकेश गुरुङले गरेका हुन ।

गोदावरीको सुन्दर रमणीय ठाऊमा शुट गरिएको भिडियोलाई नबराज उप्रेतीले छायांकन गरेका हुन । बिकाश ज्ञवालीले भिडियो सम्पादन गरेका हुन ।सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको भिडियोमा प्रकाश रामदाम र रिमा बिश्वोकर्माको अभिनय रहेको छ । सुब्रत राज आचार्यले निर्देशन गरेको भिडियोलाई दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु