फोटो पत्रकार वन्तसहित १७ राससकर्मीलाई सम्मान एवम् पुरस्कार

म्यूजिक खबर
प्रकाशित: ५ फाल्गुन २०७७, बुधबार
Pradeepraj onta

काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस) को ६० औँ वार्षिकोत्सवको अवसरमा वर्षभरि समाचार, आलेख र फोटोमा योगदान पु¥याउने उत्कृष्ट स्ट्रिङ्गर, आलेख लेखक र फोटो पत्रकार गरी १७ लाई पुरस्कृत गरिने भएको छ । पुरस्कार छनोट समितिको सिफारिसमा राससले वर्षभरि सम्पादन गरिएको कामका आधारमा राससकर्मीलाई सम्मान गर्ने निर्णय गरेको हो । राससका अनुसार प्रदेश नं १ बाट केदार मगर (खोटाङ), प्रदेश नं २ बाट गोपाल बराल (महोत्तरी), वाग्मती प्रदेशबाट अच्युत रेग्मी (केन्द्रीय कार्यालय) काठमाडौँलाई पुरस्कृत हुनुहुनेछ ।

यस्तै गण्डकी प्रदेशबाट कृष्ण दवाडी (कास्की) र खेमराज गौतम (गलकोट बागलुङ), लुम्बिनी प्रदेशबाट भेषराज बस्नेत (राँझा बाँके) र दीपक बोहोरा (तुलसीपुर दाङ) पुरस्कृत हुनुहुनेछ । कर्णाली प्रदेशशबाट दाने बोहोरा (हुम्ला) र सुदूरपश्चिम प्रदेशबाट दुर्गा देवकोटा (टीकापुर कैलाली) हुनुहुन्छ । यस वर्षको उत्कृष्ट आलेखको पुरस्कार खलङ्गा जुम्लाका विजय रावतले प्राप्त गर्नुभएको छ । उहाँको ‘जुम्लाका कालीमार्सी धान रोपाइँको चटारो’ शीर्षकको आलेख पुरस्कृत भएको हो ।


यस्तै फोटोतर्फ फोटो पत्रकार प्रदीपराज वन्त (काठमाडौँ) सम्मानित हुनुहुनेछ । कोभिड–१९ सङ्क्रमणको प्रतिकूल समयमा सक्रिय भई निरन्तर खटिने फोटो पत्रकार तथा समाचारदातालाई समेत वार्षिकोत्सवको अवसरमा सम्मान गर्न लागिएको छ । त्यसमा रोशन सापकोटा र चन्द्रकला क्षत्री (काठमाडौँ), राधिका कँडेल (पोखरा), चन्द्रकला भण्डारी (चन्द्रगढी झापा), हरिकुमार राई (उदयपुर) र तारानाथ आचार्य (बलेवा बागलुङ) हुनुहुन्छ ।

वार्षिकोत्सवको अवसरमा रासस भीमदत्तनगर, कञ्चनपुर कार्यालय भवन निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारबाट आवश्यक सहयोग जुटाउन सफल रासस भीमदत्त नगर कार्यालयका प्रमुख शेरबहादुर सिंहलाई सम्मान गरिने भएको छ । प्रदेश सरकारको रु ३५ लाखको लागत इष्टिमेटसहित भवन निर्माणको काम शुरु भएको छ । यही फागुन ७ गते राससले आफ्नो स्थापनाको ६० औँ स्थापना दिवस मनाउने कार्यक्रम तय भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु