प्रदिपको गीतमा कृष्ण ओलीले यसरी गरे श्रीमती रुपाको प्रशंसा, हेर्नुहोस् रुवाउने भिडियो

म्यूजिक खबर
प्रकाशित: २३ फाल्गुन २०७५, बिहीबार

प्रदिपको गीतमा कृष्ण ओलीले यसरी गरे श्रीमती रुपाको प्रशंसा, हेर्नुहोस् रुवाउने भिडियो 

गायक र संगीतकार प्रदिप लामाले कृष्ण ओली र रुपा ओलीको जिवनीमा ‘तिमि मेरी जिवन संगीनी’ को भिडियो सार्वजनिक गरेका छन् । नेपाली सांगीतिक क्षेत्रमा राम्रो आशा बोकेका गायक तथा संगीतकार प्रदिप लामाले करेन्ट लागेर दुवै हात गुमाएका कृष्ण ओली र रुपा ओलीले कृष्ण प्रति देखाएको माया, श्रद्धा र त्यागलाई मध्यनजर गर्दै उनीहरको जिवनीमा आधारित गीत सार्वजनिक गरेका हुन् ।

कृष्ण ओली र रुपा मगरको जिवनीमा आधारित उक्त गीतको म्यूजिक भिडियोमा यही प्रेमील जोडिको अभिनय पनि रहेको छ ।
रुकुमको सानोभेरी गाउँपालिका मा जन्मिएका कृष्ण ओली एक विद्युत प्राविधिक हुन्। आफूले काम गरेर पैसा कमाई श्रीमतीलाई स्टाफ नर्स बनाउँछु भनेर बिजुलीको काम गर्दै आएका कृष्ण ओलीको अहिले दुवै हात र बायाँ खुट्टा छैन् ।

२१ वर्षीय कृष्णको अनुहारमा झट्ट हेर्दा निकै स्वस्थ देखिन्छन्। तर उनीमाथि ठुलो बज्रपात आइलागेको छ। विद्युत प्राविधिक पढेका उनी तुल्सीपुरमा विद्युत विस्तारको काम गर्दै आएका थिए। गत जेठ २५ गते विद्युत लाइने विस्तार गर्ने क्रममा उनलाई ११ हजार भोल्टेज क्षमताको करेन्ट लागेर कृष्णले सधैँका लागि दुवै हात र एउटा खुट्टा गुमाउनु पर्या।बिद्युतमा काम गर्ने क्रममा दुवै हात र एक खुट्टा गुमाएका कृष्ण ओलीले १ वर्ष अघि मात्रै रुपा मगरसाग प्रेम विबाह गरेका थिए ।अन्तत उनी अहिले भाइरल भएका छन् । पुष्कर सुनुवारको एरेनज रहेको गीतको छायांकन केशव विश्वकर्माले गरेका हुन् । मोहन सुनुवारको सम्पाद रहेको रुवाउने भिडियो लाई गायक लामाको आफ्नै च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रदिपले ल्याए ‘जेबा जेबा’ हेर्नुहोस् भिडियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु