म्यूजिक भिडियो मोडलिङमा प्रतिपराज वन्तको यात्रा

म्यूजिक खबर
प्रकाशित: २१ कार्तिक २०७७, शुक्रबार

काठमाडौ । लामो समयदेखि नेपालको फोटो पत्रकारितामा स्थापित प्रदीपराज वन्तले मोडलिङमा हात हालेकाछन । राष्ट्रिय समाचार समिति (रासस) का कार्यरत वन्तले लामो समयदेखि आफूलाई व्यवसायिक एवम् दक्ष फोटो पत्रकारको रुपमा आफूलाई स्थापित गरेका छन् । आफ्नो कामलाई विशेष महत्व दिने, सबैलाई समान व्यवहार गर्ने वन्त आफैमा एउटा सफल व्यक्तित्वकारुपमा समेत परिचित रहेकाछन ।

विभिन्न प्रतियोगितात्मक कार्यक्रमका विभिन्न सिरिज चलाउने वन्त सिजन मिडियाका एमडि समेत हुनुहुन्छ । फोटो पत्रकारिताका विभिन्न संस्था स्थापना, फोटो पत्रकारको हक हित र अधिकारका लागि सधै लड्दै आएका वन्त पहिलो पटक कलाकारिता तर्फ समेत लागेका हुुन ।

गीतकार नवराज घिमिरे तथा सिजन इन्टरटेन्मेन्टद्धारा पहिलो पटक निमार्ण गरिएको ‘ परदेशिको पिडा ’ नामक म्यूजिक भिडियोको विमोचन कलाकार तथा निदेशक आकाश अधिकारी, वरिष्ठ सौन्दयकर्मी सिता न्यौपाने पाठक, वरिष्ठ कर्पोरेट सेफ कुमार चालिसे लगायतले संयुक्तरुपमा विमोचन गरेका थिए ।

गायक विनोद दनुवारले स्वर दिएको गीतको भिडियोमा फोटापत्रकार प्रदीपराज वन्त र मोडल तथा जुम्वा प्रशिक्षक सोनाम केसीको अभिनय रहेको छ । गीतको श्रव्य दृश्य सामग्री (भिडियो) नविनबाबु गरुङको निर्देशन तथा छायाङकन रहेको छ । यस्तै, सहायक निर्देशनमा रेजीना तुलाधरले सहयोग गरेकी थिईन । साथै सम्पादन नविन निरौलाको रहेको छ ।

आफूले पनि कलाकारिताको क्षेत्रमा केही न केही योगदान गर्न सक्छु भन्ने मान्यताका साथ आफू यस क्षेत्रमा आएको गीतका मोडल वन्तले जानकारी दिए । आफूले पाएको अवसरलाई पूर्ण रुपमा सदुपयोग गरेको र आगामी दिनमा पनि सिजन इन्टरटेनमेन्टका तर्फबाट आमरुपमा रुचाइने सामग्री प्रस्तुत गर्ने उनको भनाइ छ ।

फोटोपत्रकारिता पनि कलाको एउटा रुप भएको र त्यसैले आफूलाई डो¥याएर यता ल्याएको भन्दै वन्तले नेपाली शैलीका गीत र संगतिलइृ प्रश्रय दिने उल्लेख गरे । आफूले पहिलो पटक गरेको प्रयासलाई स्वीकार गर्दै यसमा भएका कमी कमजोरीलाई आगामी दिनमा सच्याउने समेत उनको भनाइ छ ।

उनले आफूलाई अवसर दिने सबैप्रति धन्यवाद दिँदै आगामी दिनमा सक्रियताका साथमा गीत संगीतको क्षेत्रमा समेत क्रियाशिल हुने बताए । उक्त कार्यक्रममा सिजन मिडियाद्धारा लकडाउनमा आयोजना गरिएको मिसेस नेपाल लकडाउन ट्यालेन्टहन्टका विजेताहरुलाई ताज लगाउनुका साथै पुरस्कार वितरण पनि गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु