प्रल्हाद तिमिल्सनाको ‘हिउँ सरी’ मा पुष्प र सुमिको रोमान्स (भिडियो)

म्यूजिक खबर
प्रकाशित: १४ पुष २०७५, शनिबार

काठमाडौं । धेरै वटा चलचित्रमा थुप्रै अभिनेताका लागि पाश्र्व गायन गरिसकेका गायक प्रल्हाद तिमिल्सिना सुगम संगीतमा आधारित आधुनिक शैलीका गीत पनि उत्तिकै कुशलताका साथ गाउन सिपालु छन् । ‘हिउँ सरी’ लिएर दर्शक तथा स्रोतामाझ आएका छन् ।

केही साताअघि आफुले गाएका आधुनिक गीतहरुको दोस्रो एकल एल्बम ‘महक–२’ को ‘हिउँ सरी’ शीर्षकको गीतको म्युजिक भिडियो हाइलाइट्स नेपालको च्यालनबाट सार्वजनिक गरिएको छ ।

आधुनिक शैलीको उक्त गीतलाई वरिष्ठ संगीतकार सुरेश अधिकारीले संगीतबद्ध गरेका हुन् । उक्त गीतमा शब्दहरु भने अभिनेता जीवन लुईटेलले रचना गरेका हुन् ।

हरि हुमागाईंद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा अभिनेता पुष्प खड्का तथा अभिनेत्री सुमी मोक्तानले अभिनय गरेका छन् । उत्तम हुमागाईंद्वारा छायांकन गरिएको उक्त म्युजिक भिडियोलाई प्रकाश तुलाधरले सम्पादन गरेका छन् ।

यस्तो छ भिडियो :

 

‘तिमी नै’ भन्दै आए नवीन के भट्टराई (भिडियोसहित)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु