• कभर भिडियोको अभिनयमा रमाउँदै प्रज्ज्वल र प्रस्तुति

    म्यूजिक खबर
    प्रकाशित: ३१ जेष्ठ २०७७, शनिबार
    Prajwol_Prastuti

    काठमाडौं । प्रविण गुरुङ र विमा कुमारी दुराको स्वरमा रहेको लोकप्रिय गीत ‘यो दाजुको मिर्मिरे आँखा’ यतिबेला कभर गरेर गाइएको छ । यसै गीतको कभर भिडियोमा भने देखिएका छन् ५ वर्ष र ८ वर्षका दुई बालबालिका । उनीहरुले यो गीतलाई साह्रै मन परेको कारण कभर भिडियो गरेका हुन् । उनीहरुले यस गीतमा अभिनय गरेका हुन् ।
    ५ वर्षका प्रज्ज्वल र ८ वर्षिय प्रस्तुतिको अभिनय रहेको यो भिडियोले उनीहरुको कलालाई उजागर गरेको छ । बालापनमा गरिएको यो अभिनयले यो दाजुको मिर्मिरे आँखालाई अझै लोकप्रियता रहेको बुझिन्छ । उनीहरुले आफ्नो अभिनय क्षमतालाई प्रस्तुत गर्नका लागि नै यो अभिनय गर्न अभिभावकलाई अनुरोध गरेका थिए । आफूलाई मन परेका गीतहरुको भिडियोमा अभिनय गर्ने रुचि धेरै भएको कारण यो गीतलगायत अन्य गीतमा पनि निरन्तर कभर भिडियो गर्ने बताएका छन् ।
    यस कभर भिडियोको निर्देशन पूजा गुरुङले गरेकी छन् भने छायाँकन सम्पादन भने महेश विक्रम पाण्डेले गरेका छन् । यसपछि पनि प्रज्ज्वल र प्रस्तुतिको नयाँ कभर भिडियो आउने तयारीमा रहेको निर्देशक पूजा गुरुङले बताएकी छन् ।

    यो दाजुको मिर्मिरे आँखा गीतलाई पछिल्लो समय लोक स्टारका पहिलो रनरअप बनेका गायक चेतन गोतामेले कभर भर्सनमा गाएका थिए । जसका वास्तविक गायक प्रविण गुरुङको निधन भइसकेको छ भने गायिका विमा दूरा गायनमा नै सक्रिय छिन् । जसका शब्द र संगीत भने धनबहादुर गायकको थियो । त्यही गीतको कभर गरेसँगै गायक गोतामे विवादमा मुछिएका छन् । गायक चेतन गोतामेले सोही गीतका स्रष्टासँग अनुमति नलिइकन गीत गरेपछि विवादमा तानिएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु