बरिष्ठ संगीतकार प्रकाश गुरुङ ‘एकल सांगीतिक साँझ’मा गुञ्जिने !

म्यूजिक खबर
प्रकाशित: १६ कार्तिक २०७५, शुक्रबार

बरिष्ठ संगीतकार प्रकाश गुरुङ ‘एकल सांगीतिक साँझ’ हुने


नेपाली सांगीतिक क्षेत्रमा दशकौंदेखि अनगिन्ती सिर्जनामार्फत् अविच्छिन्न समर्पित साधक बरिष्ठ संगीतकार प्रकाश गुरुङको ‘एकल सांगीतिक साँझ’ हुने भएको छ ।

२७ वर्षदेखि सांगीतिक गुरुको भूमिकालाई उनले इमान्दारिताका साथ आज पनि निभाइरहेका छन् । थुप्रै नाम चलेका गायक गायिका जन्माउन सफल गुरुङलाई गुरु दक्षिणा स्वरुप उनका शिष्यहरुले कार्यक्रमको आयोजना गर्ने भएका हुन् ।

आगामी मंसीर १५ मा राष्ट्रिय नाचघर जमलका हुने भनिएको कार्यक्रममा गुरुङले बोल बोल पाखाहरु, मेरो रहर ब्युँझी हेर, सुन भन्दा महँगो, कहिले छाया बनी लगायतका विभिन्न लोकप्रिय गीतहरु गाउने भएका छन् ।

उनलाई आफ्नै प्रशिक्षार्थीहरु चन्दा देवान, विमाकुमारी होडा, राई नविन लगायतले गायनमा सहयोग गर्नेछन् ।

विगत पाँच दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा लागेका उनको सक्रियता आज पनि कायमै छ ।

वि.सं. २००८ साल पुस १ गते  दार्जिलिङमा प्रकाश गुरुङको जन्म भएको हो । स्कुल जीवनमै प्रकाश गुरुङ गीत–संगीतमा सक्रिय भइसकेका थिए । अलि–अलि गाउँथे पनि । तर, वाद्ययन्त्रहरुसँग बढी रमाउँथे । कम्पोजिसनको आकर्षण बेसी थियो ।

२० वर्षको उमेरमा खर्स्याङ अल इन्डिया रेडियोमा आफ्नो स्वरमा गीत रेकर्ड गराएका प्रकाश गुरुङले संगीतकारकारुपमा भने वि.सं. २०३० सालमा रेडियो नेपालमा मीरा राणाको स्वरमा पहिलो गीत रेकर्ड गराएका थिए ।

त्यसयता विभिन्न कलाकारको स्वरमा उनले स्तरीय र लोकप्रिय संगीत पस्कँदै गए ।

२०२९ सालमा नेपाल आएपछि भने प्रकाश गुरुङको कर्मथलो यतै बन्यो ।

 

नेपाल संगीतको श्रीवृद्धिमा ६७ वर्षीय प्रकाश गुरुङको सक्रियता आज पनि कायमै छ ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु