
प्रकाश कटुवाल र उमा श्रेष्ठको “मोही खाउँला बोट्कामा” बोलको गीत सार्बजनिक भएको छ । पछिल्लो समयमा चलेको ट्रेनमा नै आधारित यस गीतलाई लय शब्द पनि गायक स्वयम् प्रकाश कटुवालले नै भरेका छन् । उमा र प्रकाशले यस भन्दा अगाडी पनि केहि गीतहरुमा सहकार्य गरिसकेका छन् । गीतको म्युजिक भिडियोमा सुलेमान शंकर ईकु र एलिना रायमाझीको अभिनय हेर्न पाईन्छ । भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका हुन् भने छायांकन प्रकाश खड्का ड्रोन अजय रेग्मी र सम्पादन मिलन बि. क को रहेको छ ।