प्रकाश सपूत डिएनए क्लोथिब’को ब्राण्ड

म्यूजिक खबर
प्रकाशित: २६ असार २०७६, बिहीबार

काठमाडौं । असार २५, लोकप्रिय लोक गायक प्रकाश सपूत
डिएनए क्लोथिब’ ब्राण्डको एम्बेस्डर भएका छन् । बिगत
दुईबर्ष बजारमा आएको कपडाको ब्राण्ड डिएनएले बुधबार
प्रकाशलाई एक कार्यक्रमका बिच एम्बेस्डरको घोषणा गरेको हो ।
एकबर्षका लागी एम्बेस्डरको रुपमा डिएनएसँग हस्ताक्षर गरेका
प्रकाशले आफ्नो लागी यो ठूलो सफलता बताए । मेरो
लागी डिएनएसँगे जोडिनु ठूलो सफलता हो । प्रकाशले
कार्यक्रममा भने । म यस ब्राण्डसँग जोडिनुको मुख्य कारण
देश बिदेश छरिएर रहेका युवाहरुमाझ छिटो पुग्न सक्नुभन्ने हो ।
डिएनएको तर्फबाट केदार प्रसाद न्यौपानेले गायक प्रकाशलाई
प्रमाण पत्र प्रदान गरे । केदारले पछिल्लो समय युवापुस्ताको
मनमुटुमा बस्न सफल भएकै कारण प्रकाशलाई आफ्नो
ब्राण्डसँग जोडेको बताउँछन् । कार्यक्रममा गायिका शान्तिश्री
परियार, तिलक बस्नेत लगायतको उपस्थिती रहेको थियो ।
गायक प्रकाश पछिल्लो समय सार्वजनिक गलबन्दी’ बोलको
लोकगीतका गायक तथा संगीतकार हुन् । उनको यस गीत केहिसमय
बिवादमा पनि रह्यो । प्रकाशको बोलमाया,दोहोरी
ब्याटल’ लगायतका गीत सर्वाधिक रुचाइएका गीत हुन् । यी गीत
युट्युवमा करोड बढी भ्युज छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु