३ करोड नेपालीको पीडा पोखिएको गीत : मेरो पनि होइन र यो देश ?, ट्रेण्डिङको शिर्ष स्थानमा

म्यूजिक खबर
प्रकाशित: १२ बैशाख २०७८, आईतवार
prakash-saput

काठमाडौं । गायक एवं सर्जक प्रकाश सपुतको गीत ‘मेरो पनि होइन र यो देश ?’ युट्युब ट्रेन्डिङको शिर्षस्थानमा उक्लिएको छ । सपुतको आफ्नै युट्युब च्यानलबाट शुक्रबार साँझ सार्वजनिक गरिएको उक्त गीतले आइतबार दिउँसोसम्ममा एक मिलियन बढी भ्यूज बटुलिसकेको छ । सपुतले राष्ट्रिय एकता र सांस्कृतिक विविधतालाई गीतमा उठान गरेका छन् ।

सपुतले राष्ट्रिय एकता र सांस्कृतिक विविधतालाई गीतमा उठान गरेका छन्। १२ मिनेटको भिडियोमा ३ करोड नेपालीको पीडा पोखिएको छ ।
समाजका विविध मुद्दालाई आफ्ना सिर्जनामा मुखरित गर्न पोख्त सपुतको उक्त गीतमा देशप्रतिको गौरव र गुनासो मिश्रण छ। ‘नेपाली सबैले स्वाभिमानपूर्वक बाँच्न पाऔँ, देशभित्रै भएर पनि अनागरिक जस्तो कोही हुन नपरोस् भन्ने सन्देश गीतले दिएको छ ।

राष्ट्रव्यापी प्रतिभाको खोजी कार्यक्रममा सपुतसहितका कलाकार ‘अनागरिक समूह’ बनाएर प्रतिस्पर्धामा भाग लिएको दृश्य भिडियोको सुरुमा देखापर्छ। ‘अनागरिक समूह’बारे निर्णायकको प्रश्नमा सपुतले दिएको जवाफ मर्मस्पर्शी लाग्छ। गीतको भिडियोमा हिमाल, पहाड, तराई र सातै प्रदेशका सांस्कृतिक पहिचान झल्काउने सङ्गीत र नृत्यको सम्मिश्रणसमेत देख्न सकिन्छ।

सपुतले आफैं रचेको गीतमा सङ्गीत पनि उनले नै दिएका छन्। मूल स्वर सपुतकै रहेको उक्त गीतको समूहगत गायनमा उनलाई कलाकार देवेन्द्र बब्लु, सुनिल विकलगायतले सघाएका छन्।’

सपुतका यसअघि सार्वजनिक ‘बोलमाया’, ‘गलबन्दी’, ‘फुटेका चुरा’ लगायतका गीतलाईसमेत युट्युबमा सर्वाधिक रुचाइएको थियो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु