• हरे हरे नारायण भन्दै सपुत

    म्यूजिक खबर
    प्रकाशित: १ जेष्ठ २०७१, बिहीबार

    काठमाडौं, १ जेठ । गायक प्रकाश सपुत यतिखेर हरे हरे नारायण भन्दै धर्मकर्मको बस्त्रमा सजिएर देखिएका छन् तर धर्मकर्ममा भने उनी लागेका होइनन् । मायाप्रेममै धोका खाएपछिको अवस्थामा उनी हरे हरे नारायण भन्न थालेका हुन् । हरे हरे नारायण भगवान् कसम बिग्रिएँ कान्छि तिम्रै कारण भन्दै सपुतले मायाप्रेमभित्र एकाअर्काप्रति दोषारोपण गरिरहेका छन् ।
    सपुत विभिन्न दोहोरी प्रत्योगिताबाट आएका प्रकाश राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले आयोजना गरेको अञ्चल स्तरिय दोहोरी प्रतियोगितामा उत्कृष्ट दोहोरी गायक हुँदै आएका गायक हुन् । यस अघिको उनको गीत मुुुसुमुसु नहाँस मायाले भन्ने गीत इमेज अवार्डको नोमिनेशनमा पर्न सफल भएको थियो । आफुसँग केहि नभए पनि केटीहरुको अगाडि आफूलाई ठूलो मान्छे बनाउन गलत हर्कत गर्ने र कालान्तरमा पछुताउने मुख्य कथाभित्र रहेको उनको हरे हरे नारायण यतिखेर चर्चामा रहेको छ । जुन गीतमा प्रकाश सपुत र सरिस्मा राम्जालीको स्वर रहेको छ भने लय शब्द प्रकाश सपुतकै छ । यस गीतको म्यूजिक भिडियो बजारमा आइसकेको छ जसमा गायक र गायिका स्वयम्ले नै अभिनय गरेका छन् भने म्यूजिक भिडियोलाई विजय थापाले निर्देशन गरेका छन् ।

    [youtube]https://www.youtube.com/watch?v=7oHR1Qi6ZkQ[/youtube]

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु