प्रकाश र उमाको तीज गीत “मेरो राजै” मा शंकर र बिनु

म्यूजिक खबर
प्रकाशित: १२ श्रावण २०७६, आईतवार

काठमाडौ । बिशेष गरेर तीज गीतहरुमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायिका उमा श्रेष्ठले नेपालीहरुको महान चाड हरितालिका तीज २०७६ साललाई लक्षित गर्दै “मेरो राजै” गीत सार्बजनिक गरेकी छिन् । उनले वर्ष भरिको थकाई तीजको समयमा यस गीतको माध्यम बाट मेट्ने वातावरण होस् भन्ने उदेस्यका साथ् यस गीतलाई सार्बजनिक गरेकी हुन् ।

यो तीज गीतले एक युवा अवस्थाको रुपको प्रसंसाका भाव बोलेको छ । “मेरो राजै” नाम मा बजारमा आएको उमा श्रेष्ठको तीज गीतमा प्रकाश कटुवाल र उमा श्रेष्ठ कै सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय प्रकाश कटुवालले नै भरेका हुन् भने शब्द सबै नेपाली सांगीतिक मनहरुको ढुकढुकी बन्न सफल सर्जक रमेश बि.जी ले भरेका छन् । निकै उत्कृष्ट ढंगले तयार पारिएको गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ ।

भिडियोमा शंकर बि.सी र बिनु शाक्यको अभिनय देख्न सकिन्छ । शंकर बि.सी द्वारा निर्देशित भिडियोलाई दुर्गा पौडेलले छायांकन गरेका हुन् भने सम्पादन नबिन घर्ति मगरले भरेका छन् । हामी गायिका उमा श्रेष्ठको यस बर्षको तीज गीत पोहोर साल जस्तै पूर्ण रुपमा सफल हो भन्दै शुभकामना ब्यक्त गर्दछौं ।भिडियो हेर्न तल क्लिक गर्नु होला ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु