प्रकट पगेनी ‘शिव’लाई प्रतिष्ठानको गीतकार सम्मान

म्यूजिक खबर
प्रकाशित: २४ आश्विन २०७९, सोमबार
Prakat Pangeni

पोखरा । गीतकार प्रतिष्ठान, नेपालले गीतकार प्रकट पगेनी ‘शिव’लाई गीतकार सम्मान २०७९ प्रदान गर्ने भएको छ । प्रतिष्ठानले आफ्नो दोस्रो साधारण सभाका अवसरमा पंगेनीलाई सो सम्मान प्रदान गर्ने भएको हो ।

पोखरामा रहेर गीत र गजललाई प्रमुख विधाका रूपमा साधनारत पगेनीका ‘यो मन कतै अल्झेको छ’ र ‘जूनको चिठी जुना’लाई गरी दुई गीतसङ्ग्रह प्रकाशित छन् । यसकाअलावा प्रणय वेदका ऋचाहरू (गजलसङ्ग्रह) र अक्षरभरि अक्षता (कवितासङ्ग्रह) उनका प्रकाशित कृतिहरू हुन् । तिसको दशकदेखि नै साहित्य साधनामा क्रियाशील प्रकटका चुलेसीमा…, वर ढले पीपल एक्लै…लगायत दर्जनौँ गीत चर्चित छन् ।

पगेनीलाई गीतकार प्रतिष्ठानले असोज २९ गते शनिबार पोखरामाआफ्नो दोस्रो साधारण सभासँगै सम्मान गर्ने कार्यक्रम रहेको सचिव अनुराग अधिकारीले जानकारी दिए । उनका अनुसार प्रतिष्ठानले गीतकारहरूको हकहितका लागि विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएको छ । सोही अवसरमा आजीवन सदस्यहरूलाई प्रमाण पत्र प्रदान गरिने पनि उनको भनाइ छ । २०७७ मा स्थापित प्रतिष्ठानले यसअघि गीतकार तीर्थ श्रेष्ठको एकल गीत वाचन कार्यक्रम सम्पन्न गरेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु