आस्थाका बारेमा प्रमोदले भने– ‘गायक गायिकाको विषयमा बोल्ने एउटै संस्था रहेनछ’

म्यूजिक खबर
प्रकाशित: ५ माघ २०७६, आईतवार
Pramod Kharel

काठमाडौं । लोकप्रिय गायक प्रमोद खरेल र गायिका आस्था राउत भ्वाइस अफ नेपालका कोच हुन् । त्यसैले पनि होला उनले आफ्नो फेसबुकमार्फत् आस्थाका बारेमा लेखेका छन्ः आस्थाको बारेमा बोल्ने कुनै संघ संस्था नै रहेनछन् भन्ने महसुस भएको छ । आस्थाका बारेमा यति ठूलो घटना भयो कि जुन मुद्दाको आकार लिनसम्म पुगेको छ । गायिका आस्थालाई पक्राउ गर्ने अनुमति प्रहरीले पाइसकेको छ तर यति धेरै संघसंस्था हुँदा पनि कसैले एक शब्द आवाज उठाउन नसकेको देख्दा कुनै पनि संघ संस्था नभएको महसुस गायक प्रमोद खरेलले बताए ।
उनले आफ्नो फेसबुकमार्फत आस्थाका बारेमा यसरी लेखेका छन्ः
प्रसंग
गायक गायिकाको विषयमा बोल्ने एउटा पनि संस्था नभएको अनुभव भयो हाल आएर । सेतुरामदेखि आजको दिनसम्मको इतिहास बोकेको यो राष्ट्रकै अभिन्न अंग भैसक्ने बेलामा पनि संस्थागत रुपमा शुन्य नै रहेको आभाष भयो अहिले ।
केहि दिन देखि चर्चामा रहेको आस्था राउत प्रकरणमा सकारात्मक वा नकारात्मक कुनै पनि टिप्पणी गर्ने गायक गायिकाको संस्था नहुदा करोडौ श्रोताले माया र स्नेह दिएको यो क्षेत्र नै विचरो अवस्था भएको आभाष भएको छ।

अब विषय तिर लागौः आस्था प्रकरण

गएको केहि दिनबाट सामाजिक सन्जालमा भाइरल यो प्रकरणले आश्था राउत लाइ पक्रने आदेश दिएको छ। जहॉ सम्म लाग्छ , यो निर्णय बाहिरिएको सिसिटिभी फ़ुटेज भन्दा पनि उनले फ़ेसबुक लाइफ़मा दिएको अभिव्यक्ति र त्यसमा प्रयोग भएका शव्दहरु हरु नै हुन। जुन आफैमा केहि अस्वाभाविक र कलाकारलार्इ असुहाउदा नै छन, जुन बारे स्वयम् आश्था ले नै स्विकार गरी माफ़ी मागीसकेकी छिन। तर माफ़ीले नपुगेरै होला प्रहरीले अनुसन्धानका निम्ति पक्राउ आदेश जारी गरेको र आस्थाले सिक्किम बाटै प्रहरीलार्इ सहयोग गर्ने बताइसकेकी छिन। सिसिटिभी फ़ुटेजमा अडियो छैन, दुवैले के बोले थाहा छैन। जहॉ दुवैको दोष हुन सक्छ, प्रहरीको चेकिंगमा सहयोग नगर्ने आश्थाको कमजोरी हो दुइ मत छैन, तर प्रहरी ले पनि आस्थासँग गरेको व्यवहार कस्तो थियो त्यसमा भर पर्छ , उनि बिनाकारण नै रिसाइन त ?? पक्कै पनि होइन। दिनभर डुयटिले थकान भएर प्रहरीले यस्तो व्यवहार गरिन होला भन्न पनि मिल्दैन तसर्थ गल्तिको प्रतिशत जति जति भएपनि अनुसन्धान दुइपक्षिय नै हुनुपर्छ एक पक्षिय हैन यदि अघि बढ्ने नै हो भने।

तर……
आम नागरिक को प्रहरी प्रति को विश्वस्वनियता , नागरिक प्रति प्रहरी को हातेमालो, अझ विगत देखि नै कलाकार लाइ प्रहरी ले र प्रहरी लाइ कलाकार ले गर्ने व्यवहार पवित्र छ। एकाध व्यक्तिगत घटनालार्इ समग्र कलाकार र समग्र प्रहरी क्षेत्र जोडनु जोडाउनु दुर्भाग्य हुनेछ । सामाजिक सन्जाल मा कलाकार र प्रहरी का पक्ष विपक्ष हुदै धुर्विकरण तिर जाने र इख बटुलेर अघि बढने हो भने त्यसले दीर्घकालीन फ़ायदा गर्दैन।
आस्था यस घटना बाट विक्षिप्त पक्कै छिन, आम नागरिक सरह नै उनले पनि दण्ड भोग्लिन नै, यसमा प्रहरी र निर्णय कर्ताले नै टुंगो लाउलान । वा सामान्य पुछताछ पछि घटना सकिएला । र आश्था ले सार्वजनिक रुपमा माफि माग्दै घटना को द इन्ड गर्लिन। अब आश्थालार्इ थप मानसिक कमजोर बनाउनुको सट्टा सचेत र परिपक्व बनाउनु पर्छ प्रहरीले , यस्ता घटना नदोहोरिने वातावरण बनाउनु पर्छ । प्रहरीलार्इ नि हामीले काम गर्ने वातावरण बनाइ दिनै पर्छ। केहि समयमा नै आस्था र प्रहरी जवान रमिताको हात मिलाइदै गरेको हँसिलो तस्वीर सामाजिक सन्जालमा देख्न पाइयोस, ।
घन्यवाद ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु