प्रमोद खरेलको मार्मिक गीतमा रक्षाको मनछुने अभिनय (भिडियो)

म्यूजिक खबर
प्रकाशित: १६ असार २०७६, सोमबार

प्रमोद खरेल सांगीतिक क्षेत्रको चर्चित र लोकप्रिय नाम हो । उनका हरेक गीत दर्शक तथा स्रोताले मन पराउँदै आएका छन् । त्यस्तै उनले भर्खरै मात्र एउटा निकै नै मनछुने गीत बजारमा सार्वजनिक गरेका छन् । एसि इन्टरटेन्मेन्टको युटुव बाट प्रेम फुल बोलको गीत गायक खरेलले सार्वजनिक गरेका हुन् । गायक खरेलको एकल स्वर रहेको यस गीतमा सुमित्रा थुलुङ अश्रुधारा को शब्द सृजना रहेको छ भने संगीत भरेका छन् डि आर अटुले । यस गीतको म्युजिक भिडियोमा भने चर्चित हास्य कलाकार रक्षा श्रेष्ठ, उमेश लम्साल, असोक नाथ अभिनय रहेको छ । आयुष क्षेत्री प्रिन्सले निर्देशन गरेको यस गीतको भिडियोलाई अविनास डिसीले सम्पादन गरेका छन् र भिडियोलाई खिच्ने काम सुशिल डाँगीले गरेका छन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु