प्रमोदले विन्दुलाई भने– ‘मेरो माया लाग्छ र’ (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: १२ कार्तिक २०७७, बुधबार

काठमाडौं । बडादशैंको छेको पारेर बजारमा आएको नयाँ गीतमा गायक प्रमोद खरेल र गायिका विन्दुले गीतमार्फत् नै ‘मेरो माया लाग्छ र भन्देउन’ मायाभित्र रुमलिएका भावहरु व्यक्त गरेका छन् । एलके गुरुङको शब्दमा राजकुमार बगरको संगीतमा गायक प्रमोद र गायिका विन्दुले स्वर भरेका हुन् । गीतमा मायप्रतिको विश्वास मनभित्र उब्जिएका खुल्दुलीलाई प्रस्तुत गरिएको छ ।

मेरो माया लाग्छ र’ गीतको म्यूजिक भिडियोमा पुष्प खड्का र उषा उप्रेतीलाई फिचर्ड गरिएको छ । वीरेन्द्र भट्टको छायाँकन र विष्णु खड्काको सम्पादन रहेको उक्त भिडियोलाई मदन खड्काले निर्देशन गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु