निर्वाण एण्ड म्यूजिक लिंकको भन्ने मायाका कुरा लिएर प्रमोद निर्वाणको नया म्यूजिक भिडियो सार्बजनिक (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: २ माघ २०७५, बुधबार

माघे सक्रान्तिको अवसर पारेर दर्जनौ लोकप्रिय गीत गाइ सकेर चर्चा कमाई सकेका प्रमोद निर्वाणले फेरि बिल्कुलै नया गीत श्रोता सामू सार्बजनिक गरेका छन।
भन्ने मायाका कुरा भनी सके बोलको गीत प्रमोदले आफ्नो चौथो एल्बममा समाबेस गीत स्टूडियो साउंडमिलमा रेकर्ड गरिएको भिडियोलाई प्रमोद निर्वाण इंटरटेन्मेंटको आफनै यूट्यूब च्यानलले बजारमा ल्याएको हो।
२०६० सालमा ‘निर्माण एण्ड म्यूजिक लिंक’ नाम राखी किन यसरी, जब तारा गनेर,कस्तो मोडमा जस्ता गीत समाबेश गरेर उनलाई ठूलै उचाईमा पुर्याउन सफल भयो।
२०६५ सालमा ‘निर्वाण एण्ड म्यूजिक लिंक २’ मा समाबेश गीत तिमी र म , यो माया त्यों माया गीत चर्चित बन्यो र उनले तेस्रो एल्बम ‘निर्वाण एण्ड म्यूजिक लिंक ३’ नाम दिएर २०७० सालमा प्रेम पत्र, हारेको मुर्दा जीबन जस्ता गीत समाबेश गर्दै ुनिर्बाण एण्ड म्यूजिक लिंक९ब्रोदरहूड स्टिल इन म्यूजिक०ुनामक चौथो एल्बममा समाबेस गीत भन्ने मायाका कुरा बोलको गीत सार्बजनिक भएको हो।
म्युजिक भिडियोमा क्षितिज गुरुङ्गले पेमा ह्यल्मोलाई “भन्ने मायाका कुरा ” भनेर मायाको प्रस्त्ताब राखेका छन्।
उक्त गीतलाई स्वयं प्रमोद निर्वाणको शब्द,संगीत संयोजन तथा स्वर दिएका छन भने सम्पादन प्रबिन श्रेष्ठले गरेका छन।
क्षितिज गुरुङ्ग र पेमा ह्यल्मोले अभिनय गरेको म्यूजिक भिडियो लाई अर्जुन सापकोटाले खिचेका छन भने निर्देशन पनि स्वयं प्रमोद निर्वाणले नै गरेका छन।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु