नेपाल आइडल फाइनलिस्ट विक्रम बरालको स्वरमा ‘बरै क्यारी बाँचौला’ (भिडियो)

म्यूजिक खबर
प्रकाशित: १ पुष २०७५, आईतवार

नेपाल आइडल शिर्ष ४ मा रहेका विक्रम बरालको स्वरमा रहेको ‘बरै क्यारी बाँचौला’ बोलको गीत रिलिज ! चलचित्र ‘प्रसाद’ ले सिनेमाघरमा निकै राम्रो प्रदर्शन गरिरहेको छ। प्रदर्शनको दोश्रो सातामा पनि चलचित्रले दर्शकको उल्लेख्य साथ बटुलिरहेको छ। पहिलो हप्ता नै २ करोड माथिको कलेक्सन गर्न सफल रहेको बताईएको चलचित्रको दोश्रो सातामा पनि उस्तै क्रेज देखिएको छ। चलचित्रमा समावेश तेश्रो गीत रिलिज गरिएको छ। नेपाल आइडल शिर्ष ४ मा रहेका विक्रम बरालको स्वरमा रहेको ‘बरै क्यारी बाँचौला’ बोलको गीत रिलिज गरिएको हो।

गीतमा सुवास भुषालको शंब्द तथा संगीत रहेको छ। कथाको मर्म अनुसार नै प्रस्तुत गरिएको गीतको भिडियोमा विपिन कार्की र नम्रता श्रेष्ठको निराशा, र रोदनलाई प्रस्तुत गरिएको छ। दिनेश राउतको निर्देशनमा तयार भएको चलचित्रमा नम्रता र विपिन श्रीमान श्रीमतीको भूमिकामा प्रस्तुत भएका छन्।

सरल कथावस्तुमा दुवैको अभिनयलाई दर्शकले उत्कृष्ट भनेका छन्। विपिन कार्कीको अभिनय को मुक्तकण्ठले प्रससा भैरहेको छ। नम्रताको अभिनयले तारिफ बटुलिरहेको बेला निश्चल बस्नेतको अभिनयमा ग्रोथ रहेको प्रतिक्रिया दिने निकै रहेका छन्। सुवास थापा इन्टरटेनंमेन्टको व्यानरमा सुवास थापाले निर्माण गरेको चलचित्रलाई पत्रकार सुशील पौडेलले लेखेका हुन्।

 

बुलबुलको टिजरमा यस्तो देखिए स्वस्तिमा र मुकुन

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु