• प्राश्ना लामाको स्वरमा सुनपातीको बास्ना भन्दा तिम्रो माया मीठो…’ (भिडियोसहित)

    म्यूजिक खबर
    प्रकाशित: ६ कार्तिक २०७७, बिहीबार

    राम्रो स्वरकी धनी गायिका प्राश्ना लामाको स्वरमा रहेको गीत ‘सुनपातीको बास्ना भन्दा तिम्रो माया मीठो…’ सार्वजनिक भएको छ । यो गीतमा प्राश्नालाई शीतल गुरुङले साथ दिएका छन् । टिपिकल लोक भाकाको सार्वजनिक गीतमा माया प्रेमसहित मन मिलेमा लगन गाठो गासौ यसपाली भनेर रमाइलो पारामा छेड्खानी गरियेको दृश्य भिडियोमा कैद गरियेको छ । गीतजस्तै भिडियो पनि उत्कृष्ट बनेको छ । शब्द सम्योजन कृष्ण राउतको रहेको गीतको सङ्गीत अनि एरेञ्ज कसांग लामाको छ । हेमा फिल्म्सको ब्यानरमा निर्माण भएको भिडियोको निर्देशन यादव पुडासैनीले गर्नु भएको हो भने मुख्य सहायक निर्देशन अनि मिडिया पब्लिसिटी सुरज लामिछानेले गर्नु भएको छ ।

    शुरेस बज्राचार्यको छायाँकन, नारायण रिजालको कोरियोग्राफी र अनिलकुमार महर्जनको सम्पादन रहेको भिडियोमा चर्चित मोडल अन्जली अधिकारी र हेरुका लामा फिचरिङ हुनुहुन्छ । गीत अनुसार अन्जली र हेरुकाको जोडी भिडियोमा एकदम सुहाएको देखिन्छ । आजकल नयाँ नयाँ लोक प्याट्रनका गीतहरूको भिडियो धेरै नै आइरहेको अबस्थामा यो पृथक मौलिक, टिपिकल लोकलयमा स्वरबद्द गीत तथा भिडियोले हाम्रो लोक संस्कृतीको जगेर्ना गर्न मद्दत गर्ने बिश्वाससहित दर्शक स्रोताको मन जित्नेमा आशावादी रहेको गीतकार कृष्ण राउतले बताउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु