• प्रताप दासको गीतमा दीपक र मिनाक्षी

    म्यूजिक खबर
    प्रकाशित: १९ भाद्र २०७७, शुक्रबार

    काठमाडौं । लोकप्रिय गायक प्रताप दासको स्वरमा एउटा मीठो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

    सरोज पोखरेलद्वारा संगीतबद्ध ‘अञ्जानैमा…’ गीतको म्युजिक भिडियो ओएसआर डिजिटल च्यानलबाट बुधवार साँझ सार्वजनिक गरिएको हो ।

    सत्यराज चौलागाईंले उक्त गीत रचना गरेका हुन् भने रिकेश गुरुङ उक्त गीतका संगीत संयोजक हुन् ।

    यो रोमान्टिक शैलीको गीतको म्युजिक भिडियो निकै आकर्षक बनेको छ ।

    भिडियोमा अन्तर्राष्ट्रिय मोडलको रुपमा स्थापित भैसकेका दीपक घिमिरे फिचर्ड छन् ।

    उनलाई मोडल मिनाक्षी महताराले साथ दिएकी छिन् । भिडियोमा उनीहरुको जोडी पनि आकर्षक देखिएको छ ।

    नितिन चन्दले यो म्युजिक भिडियोलाई निर्देशन गरेका हुन् । सोफी सुनुवारको श्रृंगार रहेको यो भिडियोलाई रुपेश थापाले छायांकन गरेका हुन् भने निशा श्रेष्ठले ड्रेस डिजाइन गरेकी छिन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु