• राष्ट्रिय गीत ‘जाग युवा हो’ सार्वजनिक (भिडियोसहित)

    म्यूजिक खवर
    प्रकाशित: २० आश्विन २०७७, मंगलवार

    काठमाडौं -प्रताप दासको स्वरमा रहेको राष्ट्रिय गीत ‘जाग युवा हो…’ सार्वजनिक भएको छ । इन्दु दनुवारको शब्द, सुरज लामिछानेको सङ्गीत तथा कथा रहेको गीतको भिडियो सार्वजनिक भएको हो । यादव पुडासैनीको निर्देशन, नारायण रिजालको कोरियोग्राफी र सुरजको सहनिर्देशन रहेको गीतको भिडियोमा दीलिप रायमाझी, इन्दु दनुवार, बालकलाकार आस्तिक रिजालले अभिनय गर्नुभएको छ ।

    सुरेश बज्राचार्यको छायाँकन रहेको गीतको भिडियोमा अनिल कुमार महर्जनको सम्पादन छ । गीतले राष्ट्रियताका विषयमा अब युवहरू जाग्नु पर्ने सन्देश दिएको छ । गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कुष्ट बनेको छ । ‘हामी सबैले मिलेर राष्ट्रिय जागरण गीतको भिडियो स्रोता/दर्शकमाझ ल्याएका छौ, सबैले माया गरिदिनुहुेनेमा आशावादी छौं’, सङ्गीतकार सुरजले भन्नुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु