प्रतापले एन्जिलालाई ‘प्रेमिका’ भनेपछि ….

म्यूजिक खबर
प्रकाशित: २४ पुष २०७७, शुक्रबार

काठमाडौं । ‘प्रेमिका’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक प्रताप दास र गायिका एन्जिला रेग्मीको आवाज र मिस्टर आरजेको र्यापमा सजिएको गीतमा मा डी.पी. खनालको शब्द र भिम बिसीको संगीत रहेको छ ।
बद्री बिस्ट र रियाषा दाहालको मुख्य अभिनय तथा नृत्य रहेको भिडियोमा डी वाक र नेपाली ठिटोज टिमले साथ दिएका छन ।

बद्री बिस्टको कोरियोग्राफी र निर्देशनमा बनेको भिडियोमा ज्ञानेन्द्र शर्माको सिनेमाटोग्राफी र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।

युवाहरुले मनपराउने विभिन्न नृत्यहरुमा म्युजिक भिडियो बनाइरहेको भिडियो निर्माता ‘डी वाक’ ले यो भिडियोलाइ पनि पहिलाको भिडियो हरुलाई जस्तै युवायुवतीहरुले मन पराउने विश्वास लिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु