• सत्य घटनामा आधारित विजय र प्रतापको ‘पत्थरको मुटु’

    म्यूजिक खबर
    प्रकाशित: ५ माघ २०७७, सोमबार

    काठमाडौँ । सत्य कथामा आधारित विजय पुनको ‘पत्थरको मुटु’ गीतको भिडियो युट्युबमा सार्वजनिक भएको छ । गायक प्रताप दासको समुधुर स्वर रहेको गीतमा विजय पुन मागको मर्मस्पर्शी शब्द रहेको गीतलाई ऋषि खड्काले संगीत भरेका हुन्। गीतमा विशाल निरौलाले एरेन्ज गरेका छन् । गीतलाई सुमन रानाले मारुनी डिजिटलमा रेकर्ड गराएका हुन् । साथै कुमार रानाको अडियो मिक्सिङ रहेको हुन्।

    भिडियोमा दुई युवायुवतीबीच रहेको प्रेमकथालाई प्रस्तुत गरिएको छ । प्रेम, धोका, पीडा, त्याग, बिछोडजस्ता रसहरुको मिश्रित रूप यस भिडियोमा भएको कथावस्तुमा देख्न सकिन्छ । भिडियोमा प्रेम, घरपरिवार र समय परिस्थितिको सम्बन्धलाई चारित्रिक ढङ्गबाट प्रस्तुति दिइएको छ । भिडियोमा टिकटक स्टार विजय पुन र गीता ढुंगानाको अभिनय रहेको छ । साथै रमेश अधिकारीको पाहुना भूमिका देख्न सकिन्छ । भिडियोलाई बुद्ध थापा र उनको संयुक्त समूहले छायांकन गरेका हुन्।

    भिडियोको मेकअप आर्टिस्ट समारा जोशी हुन् भने पोस्टरलाई सन्तोष सुनारले डिजाईन गरेका हुन् । राजेन्द्र अर्याल प्राविधिक सल्लाहकार रहेको भिडियोको निर्माण व्यवस्थापन राजाराम सिम्खडाले गरेका छन् । भिडियोको रङ्ग संयोजन, भीएफएक्स र सम्पादनको जिम्मा मिलन विश्वकर्माले पाएका थिए । कथा(निर्देशन भने विक्रम चौहानले गरेका छन् ।

    गीतलाई उत्कृष्ट बनाउन धेरै सहयोगी हातहरुको साथ रहेको थियो । गीतकार विजय पुनले आफ्नै जीवनसँग सम्बन्धित विषयबस्तुलाई गीत मार्फत् पस्किने प्रयास गरेका छन् । गीति लेखनमा पुनको यो पहिलो कदम हो । टिकटक मार्फत् भाइरल भएका विजयको कला क्षेत्रमा छिर्ने ढोकाको रूपमा यस गीतलाई लिन सकिन्छ । उसो त उनले यसअघि नै अभिनय गरेको ‘तिम्रो नामको सिन्दुर’ गीतको भिडियो हिट भइसकेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु