सानु र प्रतिमाको मायाप्रेममा समर्पित लोकदोहोरी ‘ओइ माया’

म्यूजिक खबर
प्रकाशित: ८ भाद्र २०७७, सोमबार

काठमाडौं । गायक सानु केसी र गायिका प्रतिमा अर्यालको नयाँ काठे लोकदोहोरी गीत ‘ओइ माया’ सार्वजनिक भएको छोटो समयमा नै ट्रेन्डिङको यात्रामा प्रतिस्पर्धा गरिरहेको छ । केही समय पहिला मात्र बजारमा ओइ गनगनपछि गायिका प्रतिमा अर्यालको चर्चा अझै चुलिएको हो । राम्रो प्रतिभा बोकेकी गायिका प्रतिमाको आफ्नै शब्दमा रहेको ‘ओइ माया’ यतिबेला दोहोरी प्रेमीहरुका लागि राम्रो सिर्जनाका रुपमा परिचय बनेको छ । दिनेश श्रेष्ठको संगीतमा तयार भएको ओइ मायामा सानु केसी, रवि कार्की र प्रतिमा अर्यालले स्वर दिएका छन् ।

लाखौं लगानी गरेर भिडियो बनाउनेहरुको माझ यो गीतले नयाँ छाप छोड्न सफल भएको छ । सामान्य रुपमा लिपसिङ मात्र गरेर भिडियोको स्वरुप दिइएको यो गीतको शब्द, संगीत र स्वरले नै ट्रेन्डिङमा आउन सफल भएको हो । स्रोता दर्शकले मन पराइदिएपछि लाखौं लगानी चाहिँदैन सिर्जना राम्रो भए पुग्छ भन्ने उदाहरण यो गीतले दिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु