गीतकार तथा समाजसेवी प्रतिमा गुरुङको ‘आमा’ गीतको चुलिंदो चर्चा र सफलता

म्यूजिक खबर
प्रकाशित: २६ कार्तिक २०७६, मंगलवार

काठमाडौं । पछिल्लो समय नेपाली सांगीतिक वृत्तमा गीतकार तथा समाजसेवी प्रतिमा गुरुङको चर्चा निकै हुन थालेको छ । उनले लेखेका गीतहरु चर्चामा रहन सफल भएका छन् । यस्तै पछिल्लो समयमा उनको शब्द रहेको ‘आमा’ बोलको गीत दशौं विन्ध्यवासिनि म्युजिक अवार्डको उत्कृष्ट ५ मा पर्न सफल भएको छ । महिला गीतकारको विधामा उनको गीत मनोनयनमा पर्न सफल भएको हो ।

‘आमा ओ मेरी आमा’ गीतमा शब्द, गीतकार प्रतिमा गुरुङ संगीत, तथा आवाज भने सामाजसेवी गायक जितेन बान्तवाको रहेको छ ।

यस अघि नै प्रतिमाले यहि गीतबाट नै सगरमाथा म्युजिक अवार्डमा पोपुलर अवार्ड पाउन सफल भएकी थिइन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु