भारतले सिमा मिचेको बिरुद्धमा तयार पारेको गीत ‘देशको सिमा’

म्यूजिक खबर
प्रकाशित: २८ कार्तिक २०७६, बिहीबार

काठमाडौं । अहिले भारतले सिमा मिचेको बिरुद्धमा धेरै नारा जुलुस र आन्दोलन भैरहेका छन् । कालापानी र लिपुलेक सिमा काण्डका बारेमा मिडियाहरुमा धेरै समाचारहरु आईरहेका छन् । सोही क्रममा धिताल फिल्मस् प्रा.लि.ले यसै बिषय बस्तुलाई मध्यनजर, चिन्तन गर्दै “देशको सिमा” नामक गीत बजारमा ल्याएको छ ।

यस गीतमा चर्चित गायिका प्रिती आले र भिम कुसारीको स्वर रहेको छ भने उनै भिम कुसारीको शब्द, संगीत रहेको छ । चर्चित निर्देशक होम धितालको निर्देशन रहेको गीतमा मरुभुमी नारायणको छायांकन, रोशन धितालको सम्पादन रहेको छ ।

उक्त गीतको भिडियोमा होम धिताल, शोभा त्रिपाठी, भगत शाह, एलिशराज संगेल, राजेन्द्र पाण्डेको अभिनय हेर्न सकिन्छ । कस्तो छ त गीत हेर्नुहोस् भिडियो ।

भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु