प्रेम र मिनाको अभिनयमा ‘पिपलुको छायाँ’ भिडियोे सहित ।

म्यूजिक खबर
प्रकाशित: २७ पुष २०७६, आईतवार

काठमान्डौँ । लोक दोहोरी गायक प्रेम कुमार र गायिका लक्ष्मी परियारको आवाजमा सजिएको नयाँ गीत ‘पिपलुको छायाँ’ सार्वजनिक भएको छ ।
बाध्यताले मायालुको साथमा नहुदाँको वेदनालाई गीतमा भावनात्मक रुपमा प्रस्तुत गरिएको छ । आफनो मायालु प्रेमीको अगाँलोमा आफु सजिनको लागी निकै आतुर भएको तर बाध्यता बस पराईको सिउदो बाट रंगिनु पर्दाको अवस्थालाई गीतमा समेटिएको छ । गीतमा प्रेम कुमार को लय तथा शब्द सिर्जना रहेको छ । मायालुले विश्वास घात गर्दा मनमा गहिरो चोट परेको गायकले बताएका छन । दिपक गिरीको छायाँकन , निशान एस के को सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । ‘पिपलुको छायाँ’गीतको भिडियोमा प्रेम र मिनाको अभिनय रहेको छ ।

‘पिपलुको छायाँ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु