बैंशको बेला हल्ला नगर भन्दै आए गायक प्रेम प्रकाश

म्यूजिक खबर
प्रकाशित: ९ बैशाख २०७६, सोमबार

काठमाडौं । गायक प्रेम प्रकाश वली यतिखेर बैंशका कुरा गर्दै सुटुक्क घुम्न जानका लागि हल्ला नगर भन्दै आएका छन् । विशेष गरेर आधुनिक गायनमा आफूलाई स्थापित गराउँदै आएका गायक वलीले लोक आधुनिक पप शैलीमा गीतलाई प्रस्तुत गरेका छन् । ‘हल्ला नगर’ बोलको गीतलाई गायक वलीसँगै मेलिना राईले स्वर दिएकी छन् । यस गीतको रचना डा. बी.पी. भुसालको रहेको छ भने बी.बी. अनुरागीको संगीत रहेको छ ।

यस गीतको म्यूजिक भिडियोमा मोडल दिपेन्द्र शाही ठकुरी र करिश्मा ढकालको अभिनय रहेको छ भने निर्देशन तथा कोरिग्राफी दिपेन्द्र शाही ठकुरीको नै रहेको छ । यस गीतको छायाँकन अजय रेग्मीको रहेको छ भने सुरेश राउतको सम्पादन रहेको छ ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु