आखिर प्रेम थापा यसरी कोसँग झर्किए ?

म्यूजिक खबर
प्रकाशित: २७ मंसिर २०७६, शुक्रबार

काठमाडौं । सफल मोडल तथा निर्देशक प्रेम थापा ‘बोली झर्के छ’ भन्दै आएका छन् । पहिलो पटक प्रविशा अधिकारी र रामजी खाँणको आवाजमा ‘बोली झर्के छ’को लोक गीत सार्बजनिक भएको छ। उक्त गीतमा रोशन सिँहको लय तथा शब्द सिर्जना रहेको छ ।
माया प्रेमलाई विषय बनाइ तयार पारिएको सो गीतको सम्पुर्ण छायांकन रमणीय चितवनको नारायणी नदीमा खिचिएको छ ,सो गीतलाई करण चैसिएरले उत्कृष्ट ढंग ले खिचेका छन।


भावना पराजुली र दामन्ती पराजुलीको प्रस्तुति रहेको ुबोली झर्के छुलाई कृष्ण भान्जा को एरेन्ज नबीन घर्ती मगरको सम्पादनमा कल्चर मीडियाले पोस्ट प्रोडक्शन गरेको छ।
युवा निर्देशक प्रेम थापाकै निर्देशन रहेको सो गीतमा थापा र पवित्रा न्यौपानको गज्जब को अभिनय देख्न सकिन्छ । सो गीतलाई एभरेष्ट इन्टरटेन्डमेन्टले आफ्नो यूट्यूब च्यानल मार्फत बजार मा निकालेको हो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु