• ओलीको कर्ली कपालमा कलकत्ते काइँयो बाङ्गियो

    म्यूजिक खबर
    प्रकाशित: १४ असार २०७५, बिहीबार

    १४ असार, काठमाडौं । प्रेम प्रकाश ओली आधुनिक गायनका लोकप्रिय गायक हुन् । उनको गायकीमा झुम्मिनेहरु धेरै छन् । थोरै काम गर्छन् तर गुणस्तरीय काममा उनी विश्वास गर्छन् । उनले जति गीत गाएका छन् सबै सम्झनलायक छन् । यतिबेला भने गायक ओलीले कर्ली कपाल लिएर आएका छन् ।

    तिम्रो कर्ली कपाल कोर्दा मेरो कलकत्ते काइँयो बाङ्गियो बोलको गीत एकनारायण भण्डारीको शब्द र संगीतमा गायक ओलीले स्वर दिएका छन् । काजिश श्रेष्ठको निर्देशनमा तयार भएको म्यूजिक भिडियोमा काजिश र करिश्मा ढकालले अभिनय गरेका छन् । अजय रेग्मीको छायाँकन एवं दिपक विष्टको सम्पादनमा तयार भएको म्यूजिक भिडियोलाई विन्ध्यवासिनी म्यूजिकले बजारमा ल्याएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु