
काठमाडौं । प्रेस सेन्टर नेपाल एसोसिएट प्रदेश समितिको अध्यक्षमा मोहनजंग कार्की निर्वाचित भएका छन् । प्रदेशको आइतबार काठमाडौंमा सम्पन्न दोस्रो अघिवेशनले कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मतिले निर्वाचित गरेको हो ।
कार्यसमितिको खुला उपाध्यक्षमा मुकुन्द लामिछाने चुनिएका छन् भने उपाध्यक्षहरुमा मीना अर्याल र दुर्गा दाहाल सर्वसम्मतिले चुनिएका छन् । महासचिवमा भने चलचित्र पत्रकार सुमन बैरागी निर्वाचित हुँदा सचिवमा सुमित्रा कार्की, निकेश बराल, सुजन थापा र कोषाध्यक्षमा रमेश कडायत सर्वसम्मतिले निर्वाचित भएका छन् ।
कार्यसमिति सदस्यहरुमा भने उज्जल पौडेल, सुजन खरेलसहित अधिवेशनले १७ सदस्यीय प्रदेश कार्यसमिति चयन गरेको छ । आइतबारको अधिवेशनले विभिन्न विधागत शाखा समितिहरु समेत चयन गरेको छ । जस अनुसार सेन्टरको शिक्षा पत्रकार शाखाको अध्यक्षमा राजीव भट्टराई चुनिएका भने आर्थिक पत्रकार शाखाको अध्यक्षमा धिरज पौडेल र उपाध्यक्षमा कमला भुसाल चयन भएका छन् ।
यसैगरी अनलाइन पत्रकार शाखाको अध्यक्षमा भिमसेन अधिकारी, उपाध्यक्षमा सिम्रन खड्का र चलचित्र पत्रकार शाखाको अध्यक्षमा विजय आवाज, उपाध्यक्ष्ँमा ओमा कार्की चयन भएका छन् । अधिवेशनले फोटो पत्रकारको संयोजकमा शंकर गिरी र खेलकुद पत्रकार शाखाको संयोजकमा सुजन थापालाई जिम्बेवारी दिने निर्णय समेत गरेको छ ।