• पल गुरुङ र पृथ्बी थकालीद्वारा कलाकारलाई सहयोग

    म्यूजिक खबर
    प्रकाशित: १ श्रावण २०७७, बिहीबार

    काठमाडौं । समाजसेवी एवं व्यबसायीद्वय पल गुरुङ र पृथ्बी थकालीद्वारा रास्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कोभिड १९ उपत्यका समन्वय सहयोग समिति मार्फत एक कार्यक्रमका बीच सहयोग हस्तान्तरण गरेका छन् । लोक दोहोरी प्रतिष्ठानको केन्द्रिय भवनमा उक्त सहयोग कार्यक्रम आयोजना गरिएको हो । काठमाडौँमा रहेका दोहोरी साँझमा काम गर्ने र गीत संगीतमा संघर्सरत कलाकारहरु लकडाउनको मारमा परेको र रोजीरोटी समेत गुम्ने अवस्था आएकोले दैनिकीमा थप टेवा पुगोस भन्ने हेतुले उनीहरुलाई सहयोग प्रदान गरिएको भाटभटेनीका संचालक पल गुरुङले बताए ।

    त्यसैगरी नियमित स्टेज कार्यक्रम र दोहोरी साँँझको आम्दानी नभएपछि कलाकार हरुमा निराशा आएको र यो बेला सहयोग र हौसला आवश्यक रहेको अर्का व्यसायी एवं उपत्यका समन्वय समिति काठमाडौँका संरक्षक पृथ्बी थकालीले बताए । करिब १६० जनालाई सहयोग गरिएको कार्यक्रममा ३० जना दृष्टिबिहीन हरुले समेत भाग लिएका थिए । प्रदान गरिएको सहायो प्याकेजमा चामल नुन तेल चिउरा चिनी चियापत्ती र साबुन समावेश गरिएको थियो । लोक दोहोरी प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष दुर्गा रायमाझी लगायत अन्य व्यक्तित्व उपस्थित रहेको कार्यक्रममा प्रमुख अतिथि रमेश बिजी, कार्यक्रमको सभापति सुजन लम्साल र संचालनमा पी एन सापकोटा र रामु खड्का रहेका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु