• शिव हमालको नेतृत्वमा प्रस्तोता समाज, सहमतिमा जुनाउनमै समय खर्च

    म्यूजिक खबर
    प्रकाशित: १२ जेष्ठ २०७६, आईतवार

    काठमाडौं । प्रस्तोता समाज नेपालको नवौं साधारणसभाबाट गायक शिव हमालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । रोयल्टी व्यवस्थापनमध्येको एक हिस्सा बोकेको संस्था प्रस्तोता समाज नेपालको नवौं साधारणसभाले हमालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । रामकृष्ण ढकाल संस्थापक अध्यक्ष रहेको यस संस्थामा हेमन्त शर्मा र तुलसी पराजुलले नेतृत्व सम्हालिसकेका छन् । यसअघि तुलसी पराजुलीले नेतृत्व गरिरहेको समाजमा पुराना र नयाँ अनुहारहरुसहित ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।
    अध्यक्षमा हमाल निर्विरोध निर्वाचित भएका हुन् भने हमालसँगै नृत्य विधाबाट रामजी खाँड र प्रेम थापा, अभिनय विधाबाट महेन्द्र गौतम र बाबुराम बोहरा संगीत विधाबाट निर्णय श्रेष्ठ निर्विरोध निर्वाचित भएका थिए ।

    त्यस्तै गायन विधाबाट आवश्यक पाँच जना भए पनि १८ जनाको उम्मेदवारी परेको थियो । जसमा पुरानो तर्फबाट भिषण मुकारुङ, राई नवीन, नविन पौडेल, नरहरी प्रेमी र जुनु रिजालको उम्मेदवारी थियो भने नयाँ अनुहारबाट बैकुण्ठ महत, गणेश गुरुङ, कला पंगेनी, तिलक परियार, कृष्ण रेउले, राजा राजेन्द्र, शर्मिला श्रेष्ठ, राजकुमार हुमागाईं, रामचन्द्र चन्द लगायतका रहेका थिए । धेरै लामो समय सर्वसम्मतबाट समिति चयन गर्ने उद्देश्यले छलफल हुँदा नयाँबाट बैकुन्ठ महत र राजा राजेन्द्रलाई समर्थन मिले पनि अन्तत पुरानो सदस्यबाट राई नवीन, नरहरि प्रेमी र नविन पौडेलबीच सहमति हुन नसकेपछि चुनावी प्रक्रियामा जानु पर्ने अवस्था सिर्जित भएको थियो ।

    सहमति जुनाउनमै लामो समय खर्च भएपछि चुनावी प्रक्रियामा जानुपर्ने अवस्था आएको थियो तर  धेरैले आफ्नो उम्मेदवारी फिर्ता लिएको भए पनि भिष्ण मुकारुङ, राई नवीन, जुनु रिजाल, नरहरि प्रेमी, शर्मिला श्रेष्ठ, बैकुण्ठ महत, राजा राजेन्द्र बीचमा मतदान हुने अवस्थामा पुगेकोे थियो । नरहरी प्रेमी र शर्मिला श्रेष्ठलाई राष्ट्रिय संगीतकर्मी संघको समर्थन रहेको थियो भने अन्य ४ सदस्यहरुलाई लोक तथा दोहोरी गीत प्रतिष्ठान लगायतको समर्थन रहेको थियो । अन्ततः नरहरि प्रेमी र शर्मिला श्रेष्ठले पनि उम्मेदवारी फिर्ता लिएर सर्वसम्मत भएको थियो । राजा राजेन्द्रलाई भने दुबै पक्षकाे समर्थन मिलेको थियोे ।
    साधारणसभाबाट एक अध्यक्ष र १० सदस्य चयन हुने र कार्यसमितिको पद बाँडफाँड भने पहिलो बैठकबाट हुने प्रावधान समाजको रहेको छ । सम्पूर्ण निर्वाचित कार्यसमितिलाई हार्दिक बधाई तथा शुभकामना ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु