• सन्जिबनी र देवको स्वरमा ‘मन मान्दैन’ सार्वजनिक (भिडियोसहित)

    म्यूजिक खवर
    प्रकाशित: ८ पुष २०७७, बुधबार

    काठमाडौं : लकडाउनले लामो समय मिडियामा नदेखिएकी नायिका पुजना प्रधानको अभिनय रहेको ‘मन मान्दैन’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । अरुण देव यादब र सन्जीवनीको स्वर रहेको गीत युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

    आनन्द अधिकारीको शब्द, शिखर सन्तोषको संगीत रहेको गीत पूजना फिल्म्स प्रोडक्सन बाट प्रस्तुत गरिएको हो । गीतको भिडियोमा पूजना प्रधानको साथमा सुनिल श्रेष्ठको अभिनय रहेको छ ।

    भिडियोमा कबिराज गहतराजको कोरियोग्राफी, सुदिप बरालको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ । गीत जती सुमधुर छ भिडियो पनि उत्तिकै उत्कृष्ट बनेकोले दर्शक/स्रोताहरुले मन पराउनेमा आफु आसाबादी रहेको नायिका प्रधानको भनाइ छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु