पुर्णकला विसीको आवाजमा ‘विछोडको घाउ’ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: २३ असार २०७६, सोमबार

प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा गायक विरेन्द्र एच वि र गायिका पुर्णकला विसीको आवाजमा निकै मार्मिक लोकदोहोरी गीत ‘विछोडको घाउ’ गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।
प्रेमी छोडि दिदाँ मनमा पिडा हुने र आफनो विगतको मायाले सताउने गरेको कुरा गायिकाले ब्यक्त गरेकी छन । विछोडको घाउले आजको अवस्था सम्मपनी पोलि नै रहेको गायक ले बताएका छन ।
हरिष विसीको शब्द तथा विरेन्द्र एच विको लय सिर्जनामा निकै मार्मिक रुपमा गीत तयार गरिएको छ । मुकेश हुमागाईँको छायाँकन, राजेश कुमारको सम्पादन तथा बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ”विछोडको घाउ” गीतको भिडियोमा साया भण्डारी र आसिर प्रतापको अभिनय रहेको छ ।
”विछोडको घा ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु