रमपम पूर्वेली म्युजिक अवार्ड २०२० को आवेदन फारम खुल्ला

म्यूजिक खबर
प्रकाशित: ८ फाल्गुन २०७६, बिहीबार

इटहरी । पूर्वेली लोक गीत तथा बिभिन्न भाषा र संस्कार संस्कृतिको सम्मान गर्ने उद्धेश्यका साथ आयोजना गर्न लागिएको मोफसलमै पहिलोपटक सर्बाधिक बिधा समेटिएको पूर्वेली म्युजिक अवार्ड २०२०को आवेदन फारम खुल्ला गरिएको आयोजकले बताएको छ ।

नेपाली पूर्वेली लोक गीत तथा बिभिन्न भाषाभाषीहरूको गीतहरू गरी २३ बिधामा आवेदन फारम भर्न सकिने आयोजकले बताएको छ । २०७० बैशाख १ गते देखि २०७५ चैत्र मसान्त सम्म बजारमा आएका सिर्जनालाई समावेश गर्न पाउने भएका छन । अवार्डमा उत्कृष्ट नयाँ गायक, बर्षको उत्कृष्ट गीत, उत्कृष्ट प्रस्तुति (पुरुष) उत्कृष्ट प्रस्तुति (महिला) उत्कृष्ट आवाज, उत्कृष्ट संगीत, उत्कृष्ट शब्द, उत्कृष्ट लय, उत्कृष्ट शब्दलाई अवार्ड प्रदान गरिने छ ।

साथै बिभिन्न भाषाभाषीहरूको सम्मान गर्ने उद्धेश्यका साथ उत्कृष्ट लिम्बु गीत, उत्कृष्ट तामाङ गीत, उत्कृष्ट शेर्पा गीत, उत्कृष्ट मगर गीत, उत्कृष्ट राई गीत, उत्कृष्ट गुरुङ गीत, उत्कृष्ट मैथिली गीत, उत्कृष्ट थारु गीत, उत्कृष्ट राजबंशी गीत, बर्षको उत्कृष्ट गीत, उत्कृष्ट भिडियो, उत्कृष्ट दृश्य सम्पादन, उत्कृष्ट भिडियो सम्पादन, उत्कृष्ट मोडल महिला र पुरुष दुबै बिधामा आवेदन फारम भर्न सकिने पूर्वेली मिडिया नेटवर्क प्रालिका अध्यक्ष सुरेशचन्द्र दाहालले बताएका छन् ।

त्यसैगरी पूर्वेली म्यूजिक अवार्डका इभेन्ट कोर्डिनेटर राजन क्षेत्रीका अनुसार यो अवार्ड नेपाली मौलिक लोक गीत संगीतको विकाश र विस्तार एवम प्रर्वद्धन गर्ने उद्देश्य रहेकोले यसलाई भब्य र सभ्य रुपमा सहभागी भइ कार्यक्रम सफल बनाउन आग्रह गरेका छन् ।

आबेदन फारम अनलाइनमा खल्ती एप डाउनलोड गरी भर्न सकिनुका साथै इटहरी, पूर्वेली मिडिया नेटवर्क, पूर्वाञ्चल डिजिटल रेकडिङ स्टुडियो, धरान स्थित म्यूजिक मिडिया रेकडिङ स्टुडियोको कार्यालयबाट प्राप्त गर्न सकिने अवार्ड आयोजक संस्था पूर्वेली मिडियाले बताएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु