लोकप्रिय गायिका पूर्णकलाले खोलिन् रोनिया बुटिक

म्यूजिक खबर
प्रकाशित: २४ फाल्गुन २०७६, शनिबार
Purna Kala BC

काठमाडौं । लोकप्रिय गायिका पूर्णकला बिसीले काठमाडौंको कपुरधारामा बुटिक संचालनमा ल्याएकी छिन् । माघ २३ गते शुक्रबारको दिन माननीय विमला विक र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीले रिवन काटेर बुटिकको उद्घाटन गरेका थिए । उक्त कार्यक्रममा लोकप्रिय गायक पशुपति शर्मा, मोडल टीका जैंसी लगायतका कलाकारहरुको जमघट रहेको थियो ।

लोक दोहारी गायनमा शिखरमा रहेको बेला गायिका बिसीले व्यवसायमा पनि हात हालेकी हुन् । गायनमा व्यस्त भए पनि बचेको समयको सदुपयोग गर्नका लागि उनले व्यवसाय संचालनमा ल्याएको बताएकी छन् । रोनिया बुटिकमा नयाँ नयाँ फेसनका रेडिमेड ड्रेसका साथै अर्डर अनुसारको नयाँ डिजाइनका ड्रेसहरु पनि उपलब्ध हुने गायिका बिसीले बताइन् । गायिका बिसीसँगै उनका श्रीमान मोडल धन केपीले पनि साथ दिएका छन् । गीतसंगीतको क्षेत्रमा आफूलाई स्थापित गराउँदै आएको धनले पनि व्यवसायलाई अगाडि बढाउनका लागि महत्वपूर्ण भूमिका खेलेका हुन् ।
Purna Kala BC

कार्यक्रम उद्घाटनपछि बोल्दै माननी बिमला बिकले गायिकाको छविले जस्तो शिखर चुमेको छ त्योभन्दा माथि व्यवसायले पनि सफलता हासिल गरोस् भन्ने शुभकामना दिएकी थिइन् । त्यस्तै प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले गायिका पूर्णकला बिसीले उचाइअनुसार व्यवसायमा हात हाल्नु भनेको पक्कै पनि सफलतातफए उन्मुख हुनु हो भन्दै शुभकामना दिएका थिए । त्यस्तै लोकप्रिय गायक पशुपति शर्माले व्यवसायले सफलता पाउनेमा आफू विश्वस्त रहेको भन्दै शुभकामना दिएका थिए ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु