समाजसेवी पूर्ण लिम्बुको नया गीत “लालुपाते” सार्वजनिक (भिडियो)

म्यूजिक खबर
प्रकाशित: ११ आश्विन २०७६, शनिबार

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा निकै प्रभावशाली ढंगले अगाडी बढिरहेको एक नाम पूर्ण लिम्बु । पूर्ण लिम्बु मात्र भन्दा सायद उनको यो नाम अधुरो हुन्छ किन भने उनको परिचय समाजसेवी गायक पूर्ण लिम्बु भनेर बनेको छ । उनको बारेमा धेरै परिचय दिनु नपर्ला किन कि उनको धेरै समाचारहरु बाहिर आईसकेको छ जसको माध्यमबाट उनको कामको बारेमा धेरैले जानकारी पाईसकेको हुनुपर्छ । यिनै समाजसेवी गायक पूर्ण लिम्बुको नया गीत बजारमा आएको छ । प्राय समाजको घटना क्रमलाई आफ्नो गीतको माध्यमबाट जागरण गर्ने उदेश्यले नै उनि गीत निकालछन् । यसपटकको गीत “लालुपाते” पनि यस्तै समाजको घटना संग प्रभावित रहेको छ । प्रेमकृष्ण बजगाईं र पूर्ण लिम्बुको शब्दमा तयार भएको गीतमा प्रेमकृष्ण बजगाईंकै संगीत र सिलाबहादुर मोक्तानको एरेन्ज रहेको छ । प्रकाश खरेलले रेकर्ड गरेको गीतमा गायक पूर्ण लिम्बुले स्वर भरेका छन् । गीत गाउनुको साथै अभिनयमा पनि रुची राख्ने पूर्ण लिम्बुले आफ्नो यस गीतमा आफै अभिनय गरेका छन् । नेपाली फिल्म क्षेत्रको चर्चित निर्देशक मिलन चाम्सले भिडियोको निर्देशन गरेका हुन् । उनको निर्देशनमा गीतको भिडियोमा पूर्ण लिम्बु, विल्सन बिक्रम राई ‘तक्मे बुढा’ श्याम राई, क्षितिज सुबेदी, शिव राज आचार्य र सरिता राजोपाध्याय लगायतको अभिनय रहेको छ । उत्सब दाहालको छायांकन रहेको भिडियोलाई सम्पादन गर्ने काम संदेश शाहले गरेका हुन् ।

गीत र भिडियोको अर्को चाखलाग्दो कुरा के छ भने यो गीत नेपाल भन्दा अगावै बेलायतमा रिलिज गरिएको थियो । बेलायतमा च्यारिटी शो गरेर यस गीतलाई रिलिज गरिएको थियो । सबैलाई थाहा भएकै कुरा हो समाजसेवी गायक पूर्ण लिम्बुले आफुले गीतबाट कमाएको पैसा सबै समाजसेवामा नै खर्चिने गरेका छन् । यसपटक पनि उनले यहि कामलाई नै निरन्तरता दिएका छन् । दर्शक श्रोताको माया र साथले नै आफु यहाँ सम्म आइपुगेको र यहि माया र साथको खाँचो आफुलाई सधै रहिरहेको उनले बताएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु