काठमाडौं । सुरेश शाही र पुष्पा बोहराको स्वरमा रहेको गीत मान्छे चिन्ने हो बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा शब्द, संगीत तथा संगीत संयोजन पनि गायक सुरेश शाहीकै रहेको छ । मान्छे चिन्ने हो बोलको गीतको भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका हुन् भने सोही गीतको भिडियोमा सुरज थापा र याङ्सु श्रेष्ठले अभिनय रहेको छ ।
मान्छे चिन्ने हो बोलको गीतमा विनोद दाहालको श्रृंगार र राम सिंह भाटको छायांकन छ । गरेको गीतको भिडियोलाई विरेन्द्र भाट विपिनले सम्पादन गरेका छन् । उक्त गीतलाई वल्र्ड कभर मिडियाले बजारमा ल्याएको हो ।