माेटिघाटि मायामा पुष्प र सुमिकाे धमाकेदार डान्स

म्यूजिक खबर
प्रकाशित: १७ आश्विन २०७७, शनिबार

काठमाडौँ – लकडाउन भएयता कुनै नेपाली फिल्म प्रदर्शन भएकाे छैन । तर त्यसयता कलाकारहरु म्युजिक भिडियाे तथा अन्य रियालिटि शाे बाट नाम कमाइरहेका छन । यस्तै मध्येका एक नायक पुष्प खडका म्युजिक भिडियाेमा निकै ब्यस्त रहेकाे छन । त्यस्तै एक्सनस्टार रुपमा परिचित नायिका सुमि माेक्तान पनि म्युजिक भिडियाे तथा डान्सिङ रियालिटि शाे मा ब्यस्त रहेका छन । यी दुबै नायक नायिकाले पहिलाेपटक संगै अभिनय रहेकाे एक म्युजिक भिडियाे सार्वजनिक भएकाे छ ।

माेटिघाटि माया बाेलकाे उक्त गीतमा मेलिना राई र काेशिश क्षेत्रिकाे स्वर रहेकाे छ । सार्वजनिक भिडियाेकाे सुरुमा सुमिकाे एक्सनलाइ देखाइएकाे छ । र दुइकाे धमकेदार डान्स रहेकाे छ । गीतमा काेशिस क्षेत्रीकाे कम्पाेज लेखु सहयात्रिकाे शब्द र उदयराज पाैडेलकाे एरेन्ज रहेकाे छ । त्यस्तै भिडियाेमा उत्तम हुमागाइकाे सिनेमाटाेग्राफर रमेश थापाकाे सम्पादन सुरेन्द्र बस्यालकाे काेरियाेग्राफर र हरि हुमागाइकाे निर्देशन रहेकाे छ ।

पछिल्लाेपटक पुष्प फिल्म मारुनिमा देखिएकाे थिए । त्यसैगरि सुमि फिल्म सराैताेमा देखा परेकाे थिए । यी दुबै फिल्मले औसत रुपमा व्यापार गर्न सकेका थिए । तरपनि सराैताेमा सुमिकाे एक्सन मारुनिमा पुष्पकाे अभिनयकाे तारिफ भएकाे थियाे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु