पुस्कर र पारुको ‘आयो है तिहार’ सार्वजनिक ! हेर्नुहोस् भिडियो !

म्यूजिक खबर
प्रकाशित: १६ कार्तिक २०७५, शुक्रबार

काठमाण्डौ | गायक पुस्कर सुनुवार र गायिका पारु रन्जितले तिहारको माह्वललाई मध्यनजर गर्दै नेपाली गीत संगीत प्रेमीहरुका लागी ‘आयो है तिहार’ देउसी र भैलो गीत सार्वजनिक गरेका हुन् | देउसी भैलो गीतलाई किरण के उप्रेतीले रचना गरेका छन् भने संगीत/ संगीत संयोजन गायक/ संगीतकार पुस्कर सुनुवारले’नै गरेका छन् |

पछिल्लो समय सिंगापुर र थाईल्याण्डमा भएको बक्स अफिस म्युजिक अवार्डमा गायक/ संगीतकार पुस्कर सुनुवार’ले सर्बोत्कृष्ट गायक’को अवार्ड जितेका थिए भने, गायिका पारु रन्जितले बक्स अफिस म्युजिक अवार्डमा सर्बोत्कृष्ट तीज गायिका अवार्ड जितेकी थिइन् |

उक्त गीतमा कजिश श्रेष्ठ’को निर्देशन, मोहन सुनुवार (नबिन)को भिडियो सम्पादन ,अजय रेग्मीको छायांकन रहेको छ भने, अभिनयमा कजिश श्रेष्ठ, मनु मगर, केशब बिश्वकर्मा, प्रमिला पुन ,रेश्मा बोम्जन, तथा टीमको रहेको छ | उक्त गीतको अडियो भिडियोलाई मेलोडी नेपाल प्रोडक्सनले बजारमा ल्याएको छ |

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु