
काठमाडौं । लामो समयदेखी नेपाली सांगीतिक क्षेत्रलाई पोषण गर्दै आएका गायक तथा संगीतकार पुष्कर सुनुवारले नयाँ गीत ‘मन चोर्नेलाई’ सार्वजनिक भएको छ । थुप्रै कालजयी गीतमा संगीत सिर्जना गरिसकेका लोकप्रिय संगीतकार सुरेश अधिकारीले संगीत भरेका छन् ।
गीतका शब्दहरु लोकप्रिय गीतकार शीतल कादम्बिनीले लेखेकी हुन् । यस अघिका शब्द सिर्जनामा झैं कादम्बिनीको को यस गीतमा पनि गहिराई भेटिएको छ । संगीतकार सुरेश अधिकारीले शब्द र स्वरलाई उचाई दिने र सबैको मन छुने संगीत दिएका छन् । शब्द र संगीतलाई पछ्याउँदै गायक पुष्कर सुनुवारले पनि कर्णप्रिय स्वर दिएका छन् । गीतको संगीत संयोजन समेत गायक सुनुवारले नै गरेको गीतको मिक्सिङ तथा मास्टरिङ विप्लव अधिकारीले गरेका हुन् ।
अत्यन्तै कर्णप्रिय बनेको ‘कैदी’को श्रव्यलाई थप ओजनदार बनाउन भिडियो पनि बनाइएको छ । पुष्कर सुनुवारको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको भिडियोमा गायक सुनुवारसँगै बाद्यवादनका कलाकारहरुलाई देखाइएको छ । मोहन सुनुवार नबिन’ को छायांकन र सम्पादनमा तयार भएको गीत सुन्दा निकै कर्णप्रिय बनेको छ ।