
काठमाडौं । सिर्जना दाहाल र गोबिन्द चेम्जोङको स्वरमा रेकर्ड भएको ‘मिठो मिठो पल’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा रामजन सुब्बाको शब्द र तारा प्रकाश लिम्बूको संगीत रहेको छ ।
भिडियोमा पछिल्लो समयकी चर्चित एवं व्यस्त नायिका आँचल शर्माको साथमा पुष्कर दाहालले अभिनय गरेका छन् ।
पाँचथरको तुम्बेवा गाँउपालिका १ आङ्नामा जन्मेर काठमाण्डौमा बस्दै आएकी दाहालले २०४८ सालमा पहिलो पटक लोक गीत रेकर्ड गरेकी थिइन् । रेडियो नेपालको प्रतिभा माझ नामक कार्यक्रममा ‘धोको थियो त्यो रातो रिबनमा’ भन्ने गीत पहिलो पटक रेडियो नेपालमा रेकर्ड गरेकी थिइन् । दाहालको स्वरले सजिएका दर्जनौ गीतहरु रेकर्ड भएका छन् ।
हेरौं मिठो मिठो पल गीतको भिडियो :