आरसी रिमाल र पवित्राको ‘मायाको चिनो’ सार्वजनिक (भिडियो)

म्यूजिक खबर
प्रकाशित: १६ असार २०७६, सोमबार

गायक आरसी रिमाल र पवित्रा गुरुङको स्वरमा रहेको गीत ‘मायाको चिनोुको’ बालेको म्यूजिक भिडियो सार्वजनिक भएको छ । ङवा फिङ्गु पाख्रिनको शब्द तथा संगीत राहेको उक्त गीतको भिडियो शिव विकले निर्देशन तथा कोरियोग्राफी गरेका छन् । अजय रेग्मीको छायांकन रहेको भिडियोमा मिलन बिके र पदम सुवेदीको सम्पादन रहेको छ । भिडियोमा समाजसेवी शान्जे गुरुङ र मोडल अनुसुया ठकुरीको अभिनय रहेको छ । संगीतमा आफ्नो संघर्ष लामो भएको र यो गीतबाट आफु माथि उठ्ने विश्वास गायक रिमालको छ । गायक रिमालको यसअघी सार्वजनिक भएको गीत सिन्की अचार निकै चर्चित बनेको थियो । भिडियोमा अभिनय गरेका समाजसेवी गुरुङ देशका बिभिन्न स्थानमा रहेका जिर्ण मठ मन्दिर पुनर्निर्माणमा सकृय छन् । मोडलिङ आफ्नो रुचीको क्षेत्र भएकाले यसै गीत मार्फत मोडलिङ क्षेत्रमा पाइला चालेको उनको भनाई छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु