स्व. श्रीमतीको जन्मोत्सबमा राजले गरे अपाङ्ग बालबालिकालाई १ लाख २१ हजार सहयोग

म्यूजिक खबर
प्रकाशित: ३० मंसिर २०७७, मंगलवार

काठमाडौं । गायक तथा समाजसेवी राज खम्बुले आफ्नी स्व. श्रीमती अन्सु राईको ३२ औ जन्मोत्सबको अवसरमा उदाहरणिय काम गरेका छन् । संयुक्त अपाङ्ग एकता अवाज केन्द्रलाई राजले १ लाख २१ हजार रुपैयाँ सहयोग गरेका छन् । सो रकम सामाजिक अभियान्ता पुन्य गौतमको हातबाट हस्तान्तरण गरेका छन् ।
स्व. अन्सु राई २ वर्ष अगाडि ३० वर्षको उमेरमा मस्तिष्कघातको कारणले निधन भएकी थिइन् । स्व. अन्सु पेशाले नर्ससँगै कलाकारितामा पनि अगाडि थिइन् । उनले विभिन्न नाटकसँगै धेरै गीतहरुमा कोरियोग्राफरको काम पनि गरेकी थिइन् । राज र अन्सुको २ सन्तानहरु ९ वर्षका एलिएन्स र ४ वर्षकी अलुम्न छन् । छोरी अलुम्न १८ महिनाको हुँदा निधन भएको थियो ।
गायक राज खम्बुले आफ्ना गीत–सृजनाहरुमा आफ्नी स्व. श्रीमतीका लागि समर्पित गर्ने गरेका छन् । खम्बुको धरै गीतहरु दर्शकमाझ लोकप्रिय बनिसकेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु