• ५ लाख धरौटीमा रिहा भए गायक रवि ओड

    म्यूजिक खबर
    प्रकाशित: ४ जेष्ठ २०८१, शुक्रबार
    Rabi Odd

    काठमाडौं । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका गायक रवि ओड ५ लाख धरौटीमा रिहा भएका छन् ।

    कञ्चनपुर जिल्ला अदालतको आदेशपछि उनी ५ लाख धरौटीमा विहीबार साँझ रिहा भएको कञ्चनपुर प्रहरीका डीएसपी उमेश जोशीले जानकारी दिएका छन् ।
    कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ओडले गतसाता इलाका प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएर आत्मसमर्पण गरेका थिए । आत्मसमर्पणपछि प्रहरीले ५ दिनको म्याद थपेर अनुसन्धान गरिरहेको थियो ।
    नेपाल आइडल सिजन २ का विजेता ओडविरूद्ध आफ्नै श्रीमतीले वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाएर उजुरी दिएकी थिइन् । उनकी श्रीमतीले गत २० चैतमा आफूलाई वैवाहिक बलातकार र अप्राकृतिक मैथुन गरेको भन्दै उजुरी दिएकी थिइन् । सोही अनुसार गायक ओडविरुद्ध मुद्दा चलेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु