रचना, शंकर र पुनमको ‘पहिलो माया’

म्यूजिक खबर
प्रकाशित: २५ कार्तिक २०७७, मंगलवार

काठमाडौं । गीतकार पुनम मोथेको शब्दमा नयाँ गीत ‘पहिलो माया’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शंकर थापाको संगीत र रचना रिमालको स्वर सुन्न सकिन्छ । एक प्रेम कथामा बनेको गीतको म्युजिक भिडियो उत्कृष्ट बनेको छ । भिडियोलाई निकेस खड्काले निर्देशन गरेका हुन् ।

जहाँ केकी अधिकारी ,सुधिर श्रेष्ठ र प्रियाना आचार्यको अभिनय देख्न सकिन्छ । पुनम मोथे अफिसियल च्यानलबाट सार्वजनिक भएको गीतमा बुद्ध थापाको छायांकन ,बिकास धमलाको सम्पादन र समरा जोसीको मेकअप समाबेस रहेको छ । यस अघिका दुई गीतहरु “झुठो रैछ तिम्रो माया” र “सयौं जुनी” झैँ पहिलो मायालाई समेत दर्शक स्रोताहरुले रुचाउने गीतकार मोथे बताउँछिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु