गायिका रचना रिमाल ३.४४ जिपिए सहित १२ कक्षा उत्तीर्ण

म्यूजिक खबर
प्रकाशित: १७ मंसिर २०७८, शुक्रबार

काठमाण्डौ । गायिका रचना रिमाल कक्षा १२ को परीक्षामा ३.४४ जिपिएसहित उत्तीर्ण भएकी छिन् ।रिमालले सामाजिक सञ्झालमार्फत आफू कक्षा १२ को परीक्षा उत्तीर्ण भएको जानकारी गराएकी हुन् ।

सानो उमेरमै रिमाल गायन क्षेत्रमा स्थापित भैसकेकी छिन् । उनी नेपालको चर्चित गायन प्रतियोगिता नेपाल आइडलबाट नेपाली सांगीतिक क्षेत्रमा छाएकी हुन्। २०२० को नेपाल आइडल प्रतियोगिताको तेस्रो संस्करणमा उत्कृष्ट ८ सम्म पुगेकी थिइन्। ३ लाख ७४ हजार १५ परीक्षार्थीमध्ये ७ हजार ३६ जनाले ए प्लस ग्रेड ल्याएका छन् ।

४८ हजार २ सय ३९ जनाले ए ग्रेड ल्याएका छन् । त्यस्तै बी प्लस ल्याउनेमा ७० हजार १ जना परीक्षार्थी छन् । बी ग्रेड ल्याउनेमा ९९ हजार ५ सय ३७ छन् ।७५ हजार ८८ जना परीक्षार्थीले सी प्लस ग्रेड ल्याएका छन् । सी ल्याउनेमा २४ हजार ५ सय १५ जना छन् ।

डी प्लस ल्याउनेमा ३ हजार ८ सय ७५ परीक्षार्थी छन् भने डी प्लस ल्याउनेमा २ सय ९६ जना छन् । १० हजार ७३ परीक्षार्थीले इ ल्याएका छन् ।परीक्षाफल परीक्षा बोर्डको वेभसाइट, एसएमएस र आईभिआरमार्फत हेर्न सकिन्छ । यसका लागि वेभसाइटमा जततउकस्ररलभद।लतअ।लभत।लउ लगइन गरेर सिम्बोल नं र जन्ममिति टाइप गरेर हेर्न सकिन्छ ।

भने, एसएमएस गर्नका लागि ल्भ्द्य टाइप गरेर एक स्पेस छोडेर सिम्बोल नं टाइप गरेर १६०० मा पठाउन सकिन्छ । यस्तै, आईभिआरका लागि १६०१ डाइल गर्नुपर्ने हुन्छ ।को(भि’ड–१९ को महामारीका कारण परीक्षाको तालिका सार्वजनिक गरेर पनि दुई पटक स्थगित भएको थियो ।

परीक्षामा मुलुक भरबाट तीन लाख ७५ हजार परीक्षार्थी सहभागी छन् । त्यसअघि साउन ३१ गतेबाट हुने भनिएको परीक्षा साउन २३ मा दोस्रो पटक स्थगित गरिएको थियो ।यसअघि वैशाखमा परीक्षा गर्ने तयारी थियो । विद्यार्थीले पढेकै विद्यालयमा परीक्षा केन्द्र कायम गरी लिइएको परीक्षामा ३ लाख ७१ विद्यार्थी सहभागी थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु